Section 11
बोर्डको कोष

(१) बोर्डको एउटा छुटैृ कोष हुनेछ ।
(२) बोर्डको कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ख) कुनै विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थाहरुबाट प्राप्त हुने अनुदान
रकम,
(ग) दुग्ध उद्योग सम्बन्धी अनुसन्धान कार्य वा परामर्श सेवा उपलव्ध गरे
गराए बापत प्राप्त हुने रकम,
(घ) अन्य स्रोतबाट प्राप्त रकम ।
(३) विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थाहरुबाट अनुदान लिंदा नेपाल सरकारको पूर्व
स्वीकृति लिनु पर्नेछ ।
(४) बोर्डलाई प्राप्त हुने सबै रकम नेपाल ………… भित्रको कुनै बैंकमा खाता खोली
जम्मा गरिनेछ ।
(५) बोर्डद्वारा गर्नु पर्ने सबै खर्चहरु उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।